काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ ।
कम्पनीको सञ्चालक समितिले हिमालयन इन्भेष्टमेन्टलाई शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको सोमवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
शेयर रजिष्ट्रारको रूपमा नियुक्त भएपछि अब कम्पनीका धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख व्यवस्थापन, नामसारी, दाखिला(खारेज, रोक्का राख्ने लगायत कार्यहरू हिमालयन इन्भेष्टमेन्टमार्फत हुनेछन् ।
सो निर्णयसँग सम्बन्धित सम्झौतापत्रमा आज विराटनगरस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा हस्ताक्षर गरिएको छ ।
सम्झौतामा हिमालयन इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज. ब. राणा र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् ।