काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टीका रिसोर्टबीच छूट दिनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले उक्त रिसोर्टमा २० प्रतिशत छूट पाउनेछन् ।
उक्त समझदारीबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकले देशैभरका ६१ जिल्लामा रहेका आफ्ना २०० ओटा शाखा, १६८ ओटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ ओटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १९ लाख ०४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरू दिँदै आएको जानकारी दिएको छ ।