काठमाडौं। डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेका मानन्धरले सोमवारदेखि डिश मिडियामा सीईओको कार्यभार सम्हालेका हुन् । यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव उनीसँग रहेको बताइएको छ ।
उनको उपस्थितिले कम्पनीले प्रदान गरिरहेका विभिन्न सेवालाई थप गुणस्तरीय बनाउन पहल हुने कम्पनीको अपेक्षा छ । विगत १३ वर्षदेखि कम्पनीले पे टिभी इन्डस्ट्रीमा काम गर्दै आएकोमा इन्टरनेट वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर अनुमति प्राप्त गरी हाल इन्टरनेट सेवा प्रदायकको रूपमा काम गर्दै आएको बताइएको छ ।
हाल कम्पनीले आफ्नो पूर्वाधार विस्तारका लागि प्राइभेट इक्विटी फण्डबाट थप लगानी जुटाइसकेको र केही महीनामै आईपीओ निस्कासन गर्ने बताइएको छ ।