काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार फण्डको नाफा माघ महीनाको तुलनामा फागुनमा घटेको छ । माघ मसान्तसम्म फण्डले रू. ३ करोड १८ लाख नाफा कमाएकोमा फागुन मसान्तसम्ममा रू. २ करोड २ लाखमा झरेको हो ।
फागुन महीनामा फण्डको आम्दानीमा घटेकाले नाफा घटेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ७८ लाख रहेकोमा फागुन मसान्तसम्म रू. २ करोड ७० लाखमा झरेको छ ।
त्यस्तै नाफासँगै फण्डको न्याभ पनि घटेको छ । माघ मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ७२ रहेकोमा फागुन मसान्तमा रू. १० दशमलव ५० कायम भएको हो । त्यस्तै फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. ११ करोड ५५ लाख लगानी गरेको छ ।
यो लगानी माघ मसान्तसम्म रू. १२ करोड ७४ लाख थियो । त्यस्तै फण्डले फागुन मसान्तसम्म मुद्दती निक्षेपमा रू. ६ करोड २० लाख लगानी गरेको छ ।