काठमाडौं । एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालीम कार्यक्रम सम्पन्न गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी गरी ४ प्रदेशलाई समेटेर गरिएको कार्यक्रम जेठ १३ देखि १६ गतेसम्म बर्दिबास महोत्तरीमा सञ्चालन भएको हो । कार्यक्रममा कर्पोरेट कार्यालय, प्रदेश कार्यालय, शाखा कार्यालय समेतका १६९ जना कर्मचारीको सहभागिता थियो ।
कार्यक्रममा संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेशबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे लगायतले चालू आवको समीक्षा गर्दै आगामी आवमा संस्थाले गर्ने कामका सन्दर्भमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा कर्मचारीको वृत्ति विकास, शाखा सञ्चालन, राष्ट्र बैंकबाट जारी निर्देशन तथा सोको कार्यान्वयन, आगामी आवका लक्ष्य तथा बजेट लगायतका विषयमा छलफल भएको थियो । साथै सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कर्पोरेट सेल्स विभागका कर्मचारीद्वय सरु घिमिरे र विकेश बज्राचार्यले बीमा दावीसम्बन्धी जानकारी प्रदान गरेका थिए ।