काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ ।
आइतवार अर्थात् फागुन १४ गते बिक्री प्रबन्धकको कार्यालय नागपोखरी नक्सालमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले दिएको हो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १४ लाख ९२ हजार ७७८ जनाको आवेदन परेको छ । यो आवेदन संख्या मागभन्दा २३ दशमलव ८४ गुणा बढी हो । यस आधारमा आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । कम्पनीको आईपीओ १० कित्ताका दरले ६९ हजार ७२० जनाले पाउनेछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको हात खाली हुनेछ ।
कम्पनीले माघ २७ गतेदेखि फागुन २ गतेसम्म जारी पूँजी रू. ३४ करोड बराबरको २४ दशमलव ७१ प्रतिशतका दरले हुने आउने रू. ८ करोड ४० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
कुल कित्तामध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो ।