काठमाडौं । ईमर्जिङ्ग नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । काठमाडाैं, थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएकाे छ ।
सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन पनि हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।