काठमाडौं । गत जेठमा निर्जीवन बीमा कम्पनीहरूले करीब ४ अर्ब रुपैयाँको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ओटा निर्जीवन बीमा कम्पनीले गत महीना २ लाख २८ हजार ८०४ बीमालेखमार्फत गरी ३ अर्ब ९३ लाख रुपैयाँभन्दा बढीको बीमा शुल्क संकलन गरेका हुन् ।
तीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले सर्वाधिक रकमको बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले गत महीना २१ हजार ६९ बीमालेख जारी गरी ४६ करोड २२ लाख रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गरेको छ ।
यो सूचीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स सिद्धार्थ प्रिमियर इन्स्योरेन्स शिखर इन्स्योरेन्स क्रमशस दोस्रोबाट चौथो स्थानमा छन् । यी कम्पनीहरूले जेठमा क्रमशस् ४३ करोड २७ लाख ४२ करोड ८९ लाख ४० करोड ९० लाख रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन् । गत महीना सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीले जेठमा ४ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
गत महीना निर्जीवन लघुबीमा कम्पनीहरूले भने ८ करोड २६ लाख रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन् ।
४ निर्जीवन लघुबीमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले जेठमा २ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।