काठमाडौं । काङ हाइड्रोपावर कम्पनी लिमिटेडले ५ लाख ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
जेठ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ करोड ७५ लाख रुपैयाँ बराबर चुक्तापूँजी वृद्धि गर्ने निर्णय गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले यी शेयर जेठ १६ गतेदेखि विक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
आगामी ३५ दिनभित्र कमपनीको केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।