काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म दिव्यश्वरी हाईड्रोपावर लिमिटेड १५ लाख ७२ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म ३ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नोक्सानी घटाएको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले खुद नोक्सानी घटेको हो । साथै कम्पनीको वित्तीय खर्च पनि घटेको छ । गत वर्ष ५ करोड २९ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष ३ करोड ६४ करोड रुपैयाँभन्दा बढी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । कम्पनीको जगेडा कोष रकम भने २५ करोड २० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
अल्पकालीन कर्जा ५ करोड ४४ लाख रुपैयाँभन्दा बढी छ भने दीर्घकालीन कर्जा ५४ करोड ९१ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म ६० पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ४ रुपैयाँ ५३ पैसा छ ।