काठमाडौं । चिनियाँ लेखक चाउ एर्लियुद्वारा लिखित पुस्तक ‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण विमोचन गरिएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौंस्थित बेल्ट एण्ड रोड पुस्तकालयमा आयोजित कार्र्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो ।
करेन्ट पब्लिकेशन र चीनको यिलिन प्रेसको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री चाउ एन लाईकी नातिनी चाउ रोंग, नेपालीस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन, चाइना स्टडी सेन्टरका महासचिव डा. उपेन्द्र गौतम, नेपाली संस्करणका अनुवादक अजय शर्मा र पुस्तकका सम्पादक तथा प्रकाशक किरण गौतमले मन्तव्य दिएका थिए ।
नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीनले पुस्तकमा प्रधानमन्त्री चाउको निःस्वार्थ योगदान र नेपाल–चीन सम्बन्ध निर्माणमा पुर्याएको ऐतिहासिक भूमिकाको प्रशंसा गरे।
पुस्तकले चीन–नेपाल मित्रताको सन्देश बोकेको बताइएको छ ।