काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी ( साविक राष्ट्रिय बीमा संस्थान) ले एक वर्षभन्दा बढी समय व्यतीत भएका बीमाशुल्कमा लागेको विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले सूचना जारी गर्दै असार १० गतेदेखि लागू हुने गरी असार २५ गतेसम्म एक वर्ष वा सोभन्दा माथी अवधिका व्यतित बीमालेखमा ५० प्रतिशत छुट प्रदान गर्ने जानकारी दिएको हो । १० वर्षभन्दा बढी व्यतित भएका बीमालेख यस विलम्ब शुल्क छुटमा समावेश नगरिएको भनाई कम्पनीको छ । विलम्ब शुल्कमा छुटको सुविधा बीमालेख अवधिभर जम्मा एक पटक प्रदान हुने कम्पनीले प्रष्ट पारेको छ ।