काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सहितका विविध प्रस्ताव पारितका लागि कम्पनीको रजिष्टर्ड कार्यालय हाँडीगाउँ, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले हकप्रद शेयरसमेत जारी गर्ने प्रस्ताव गरेको छ । हकप्रद शेयर जारी गर्ने र सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएकाले यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।