काठमाडौं । मंगलवारको कारोबारमा नेप्से परिसूचक स्थिर बनेको छ । यस दिन अघिल्लो कारोबार दिनभन्दा बजार शून्य दशमलव २२ अंकले घटेर स्थिर बनेको हो ।
२ हजार ६२९ दशमलव २६ विन्दुसम्म पुगेको नेप्से २ हजार ५९९ दशमलव ७२ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार २ हजार ६०० दशमलव ५३ विन्दुमा बन्द भएको हो ।
यस दिन १०७ कम्पनीको धितोपत्र मूल्य बढ्दा १४२ कम्पनीको धितोपत्र मूल्य घटेको छ । बजार स्थिर बन्दा कुल बजार पूँजीकरण ३७ करोड ४१ लाख रुपैयाँले घटेको देखिन्छ । अघिल्लो कारोबार दिन ४३ खर्ब ३३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण मंगलवार ४३ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।
यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य सर्वाधिक ८ दशमलव शून्य १ प्रतिशत बढेको छ । प्रतिकित्ता १०२ रुपैयाँ ५० पैसाले बढेर कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ३८१ रुपैयाँ ४७ पैसा कायम भएको हो ।
सर्वाधिक मूल्य घट्ने धितोपत्रमा भने १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ रहेको छ । यस धितोपत्रको मूल्य ५ दशमलव १७ प्रतिशत अर्थात् प्रतिकित्ता ६० रुपैयाँले घटेर प्रतिकित्ता १ हजार १०० रुपैयाँ कायम भएको हो ।
मंगलवार कारोबार रकम घटेर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा खुम्चिएको छ । सोमवार ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँको धितोपत्र कारोबार भएको थियो । सोमवार १ करोड ७५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार १ करोड ३८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यस दिन बुटवल पावर कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । बुटवल पावरको २७ करोड ६५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयर मूल्य भने २ दशमलव शून्य ३ प्रतिशत अर्थात् प्रतिकित्ता १६ रुपैयाँ ७७ पैसाले घटेर अन्तिम मूल्य ८०९ रुपैयाँ २५ पैसा कायम भएको छ ।
मंगलवार बैंकिङ समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ४४ प्रतिशत बढेको छ । बैंकिङसँगै उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४२ प्रतिशत, लगानी र म्युचुअल फण्डको समान शून्य दशमलव २७ प्रतिशत र लघुवित्तको शून्य दशमलव १९ प्रतिशत परिसूचक बढेको छ ।
यस दिन व्यापारिक समूहको परिसूचक सबैभन्दा कम शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन समूहको सर्वाधिक शून्य दशमलव ९८ प्रतिशत घटेको छ ।