काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशलमव ९१ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ४६ करोड ८१ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ३४ करोड २१ लाखमा सिमित भएको हो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७ दशमलव १५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १ अर्ब ३८ करोड रहेकोमा चालू आवमा घटेर रू. १ अर्ब २८ करोडमा सिमित भएको हो ।
चालू आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७४ पैसा वार्षिक रहेकोमा चालू आवमा घटेर १२ रुपैयाँ ९७ पैसा कायम भएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ९ करोड १६ लाख रहेको छ ।
चुक्ता पूँजी रू. ३ अर्ब ५१ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २ अर्ब ६७ करोड र रिटेन्ड अर्निङमा रू. ९ करोड १६ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१७८ दशमलव ६१ र मूल्य आम्दानी अनुपात १२ दशमलव ९७ गुणा ( वार्षिक) रहेको छ ।