logo
माछापुच्छ्रे बैंकको १ करोड १२ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने
माछापुच्छ्रे बैंकको १ करोड १२ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले माघ २ गतेसम्म बैंकको केन्द्रीय कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

यी शेयर विक्रीका लागि कम्पनीले यसअघि ३५ दिने र १५ दिने सूचना यसअघि नै जारी गरिसकेको थियो । सो समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरिएको हो ।

यो शेयरको न्यूनतम मूल्य ११५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १० लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यी शेयर बाँडफाँटमा शेयर प्राप्त गर्ने लगानीकर्ताले पुस २५ गतेपछि बैंकबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न योग्य हुने जानकारी समेत बैंकले दिएको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.