काठमाडौं। मुक्तिनाथ विकास बैंकले इनेबल नेपालसँगको साझेदारीमा देशका विभिन्न स्थानका कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई कृत्रिम हात सहयोग गरेको छ । बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र संस्थाका पदाधिकारीको उपस्थितिमा बालबालिकालाई कृत्रिम हात वितरण गरिएको हो । सो अवसरमा ५ थान कृत्रिम हात सहयोग गरिसकेको र भविष्यमा थप कृत्रिम हात सहयोग गरिने सहायक नायब प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।
सहयोगबाट लाभग्राही बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन आई आत्मविश्वास बलियो बनाउन मद्दत पुग्ने विश्वास बैंकको छ । बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताइएको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा बैंकमा भौतिक उपस्थितिविना नै पाउन सकिने व्यवस्था गरेको बताइएको छ ।