काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले जेठ १ गते विशेष साधारण सभा बोलाएको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय, बाफल, काठमाडौंमा दिउँसो ४ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । कम्पनीले सर्वसाधारणमा २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता आईपीओ निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कुमारी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको हो । अधिकृत पूँजी ६५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ६५ करोड रुपैयाँ छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड रुपैयाँ छ । विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।