logo
नेपालगञ्जका सडक अतिक्रमणको चपेटामा
नेपालगञ्जका सडक अतिक्रमणको चपेटामा
५ मंसिर २०७६

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रको सडकमा पूmटपाथ व्यापारीहरूको अतिक्रमण बढेको छ । नेपालगञ्जको बीपी–गणेशमान चोकदेखि राँझासम्म तथा भित्री सडक सदरलाइनमा सडक मिचेर व्यापार व्यवसाय गर्ने क्रम बढेको छ । सडक अतिक्रमण गरेर राखिएका सामान उपमहानगरपालिकाले जफत गरे पनि पुनः फिर्ता दिने व्यवस्थाले उक्त समस्या समाधान नभएको गुनासो स्थानीयवासीले गरेका छन् । 

सडक अतिक्रमण गरेर सञ्चालित व्यापार व्यवसाय निरुत्साहित गर्न नेपालगञ्ज उद्योग वाणिज्य संघले समेत पहल नगरेको स्थानीय बासिन्दाको आरोप छ । सडकको किनारा पैदलयात्रीका लागि भए पनि नगरका अधिकांश स्थानमा पूmटपाथ व्यापारीले अतिक्रमण गरेका छन् । फूटपाथमा व्यापारिक गतिविधि सञ्चालनले नगरपालिका लाखौं राजस्व उठाउनबाट वञ्चित भएको छ भने यसले नेपालगञ्ज शहर कुरूप बन्दै गएको छ ।

अतिक्रमण हटाउने अभियानमा उपमहानगरपालिकाले सहयोग र समन्वयका लागि नेपालगञ्ज उद्योण वाणिज्य संघलाई अनुरोध गरेको छ । संघका अध्यक्ष नन्दलाल वैश्यले फूटपाथमा हुने गरेको व्यापार तथा सडक अतिक्रमण हटाउन आफूले सहयोग गरेको दाबी गरे । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सडक तथा फूटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय नगर्न सूचना जारी गरिसकिएको बताए । 

सूचनाको अटेर गरी यस्ता गतिविधि जारी राखेको पाइए कारबाही गरिने चेतावनी समेत उनले दिए । ‘सडक अतिक्रमण गरी पसल तथा ठेला नराख्न धेरै पटक अनुरोध गर्दै आयौं,’ उनले भने, ‘तर यसको अटेर गरेको पाइएकाले अब जफत भएका कुनै पनि सामान फिर्ता हुनेछैन ।’

उपमहानगरपालिकाले गतवर्ष पनि ट्राफिक प्रहरीसँग सहकार्य गरेर सडक अक्रिमण हटाउने प्रयास गरेको थियो ।  व्यापारीको चर्को विरोधपछि उपमहानगरपालिका पछि हटेको थियो । त्यतिबेला पूmटपाथ खाली गर्न÷गराउन सर्वपक्षीय र सर्वदलीय बैठकले नै सहमति दिएको थियो । चार लेन सडकको दायाँ–बायाँ २५ मिटरभित्र अहिले पुनः अस्थायी संरचना राखिएकाले सवारीसाधन आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी नायव निरीक्षक भीम वलीले बताए । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.