काठमाडौं । नेपाली ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा अवस्थित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच बजार प्रवर्द्धनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
बुधवार सम्पन्न सम्झौतामा बिजबजारका प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारका महाप्रबन्धक रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता अनुसार बिजबजारका ग्राहकले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतको विशेष छूट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, बन्दीपुर केबलकारका सेवाग्राहीले बिजबजारमार्फत सामान खरीद गर्दा फ्ल्याट १५ प्रतिशतको छूट प्राप्त गर्नेछन् ।
उक्त साझेदारीले आन्तरिक पर्यटन र डिजिटल व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।