काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १० दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले विभिन्न ७ जना सदस्यहरूको नाममा रहेको उल्लेखित शेयरहरू विक्री गर्न लागेको हो ।