काठमाडौं । रिलायबल सामूहिक लगानीकोषअन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजनाले जेठ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन र कारोबार शुल्कसमेत १४ करोड ७४ लाख रुपैयाँभन्दा बढी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०८२ साल वैशाख १९ गतेदेखि सञ्चालनमा आएको हो । योजना सञ्चालनको पहिलो महीना वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको बजारमूल्य ८५ लाख २४ हजार रुपैयाँभन्दा बढी रहेकोमा जेठ मसान्तसम्म २१ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
वैशाख मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा लगानी गरेको थिएन । जेठमा भने योजनाले बैंक मुद्दती निक्षेपमा ७ करोड रुपैयाँ लगानी गरेको हो ।
यो योजना सञ्चालनका लागि १२ करोड इकाई जारी गरिएको छ । वैशाख मसान्तसम्म ९ रुपैयाँ ९६ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म भने ९ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस अवधिसम्म योजनाको खुद सम्पत्ति भने १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी कायम छ ।
योजना जेठ मसान्तसम्म ५५ लाख ७३ हजारभन्दा बढी नोक्सानीमा छ । वैशाख मसान्तसम्म १ लाख ४३ हजारभन्दा बढी आम्दानी गरेको योजनाले जेठमा ७ लाख ३० हजारभन्दा बढी आम्दानी गरेको छ । खर्च भने वैशाखमा ४५ लाख रुपैयाँभन्दा बढी भएकोमा जेठमा ६३ लाख रुपैयाँभन्दा बढी भएको छ ।