logo
ङादी ग्रुप पावरले वितरण गर्‍यो शतप्रतिशत हकप्रद शेयर
ङादी ग्रुप पावरले वितरण गर्‍यो शतप्रतिशत हकप्रद शेयर
२२ चैत्र २०८१

काठमाडौं ङादी ग्रुप पावरका लिमिटेडले शतप्रतिशत हकप्रद शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म निष्कासन गरी विक्री नभएको शेयर समेत लिलामी प्रक्रियाबाट विक्री गरी कारोबारयोग्य बनाएपछि वितरण गर्न शुरू गरेको हो । 

गत मंसिर १७ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । मंसिर १७ गतेसम्म शेयर धितो राखी कर्जा उपयोग गरेका लगानीकर्ताको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का राखिएकाले यदि कर्जा राफसाफ भैसकेको भए राफसाफ गर्न समेत कम्पनीले भनेको छ । 

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी भने सिद्धार्थ क्यापिटल लिमिटेडले पुरा गरेको छ । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा चुक्तापूँजीको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । उक्त हकप्रद निष्कासन तथा बाँडफाँटपश्चा्त कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.