काठमाडौं। सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले भदौ ३१ गते बिहानबाट लागू हुने गरी पेट्रोलको ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको ५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो ।
अब काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँमा पाइनेछ । सुर्खेत र दाङमा १५८ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १५६ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेल र मट्टीतेलका लागि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १४६ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा १४८ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १४९ रुपैयाँ तिर्नुपर्नेछ ।