काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) बाटै मूल्य बढेर आएको जनाउँदै निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले जारी गरेको विज्ञप्तिमा आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा‚ डिजलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनतर्फ ६ रुपैयाँ ८८ पैसा मूल्य बढेर आएको भए पनि सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजलमा ४ रुपैयाँ बढाएको उल्लेख छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ रु ७ ले मूल्य बढाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टितेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर रु १६५ भएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु १४९ भएको छ ।