काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पिपुल्स पावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । आइतवार कायम कम्पनीको अन्तिम शेयरमूल्य ४९१ रुपैयाँ ७० पैसाको आधारमा नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद पछिको मूल्य प्रतिकित्ता ३६१ रुपैयाा १३ पैसा तोकेको हो ।
यस कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी छ । तर हकप्रद शेयर प्रयोजनका लागि असार २ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न योग्य भएका छन् । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँको आधारमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।