काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूमा विक्री नभएको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापकमा मात्र यी शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा विक्री नभएको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । यी शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने भनाइ कम्पनीको छ ।