काठमाडौं । प्रभु बैंक लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् ।
बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ४ विशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा.लि) र सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर, ललितपुर महानगरपालिका वडा नं १५, खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।