काठमाडौं । प्रदेश सरकारतर्फ मधेश प्रदेशमा सबैभन्दा बढी बेरुजु देखिएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन २०८२ अनुसार गत आर्थिक वर्ष (आव)मा मधेश प्रदेशको २.५७ प्रतिशत बेरुजु कायम भएको छ ।
प्रदेश सरकारतर्फ बागमती प्रदेशको बेरुजु सबैभन्दा कम ०.८२ प्रतिशत छ । प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा १.३६ प्रतिशत बेरुजु कायम गरिएको थियो ।