काठमाडौं । शुक्रवार (आज) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन सुनको मूल्य यसअघिको रेकर्ड नजिक कायम भएको हो । महासंघका अनुसार हालसम्म छापावाल सुनको उच्च मूल्य प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि शुक्रवार बढेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको हो । बिहीवार प्रतितोला १५ रुपैयाँ घटेको चाँदीको मूल्य शुक्रवार १५ रुपैयाँले नै बढेको हो ।
यस दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६८ हजार ९८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ८५६ रुपैयाँ तोकिएको छ ।