logo
सानिमा रिलायन्स लाइफले प्रस्ताव गर्‍यो ९.२५ प्रतिशत लाभांश
सानिमा रिलायन्स लाइफले प्रस्ताव गर्‍यो ९.२५ प्रतिशत लाभांश
१३ फाल्गुण २०८१

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ९ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फागुन १२ गते (सोमवार) अपराह्न बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ दशमलव २५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँ छ । ६ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको बोनसपछि चुक्तापूँजी ५ अर्ब १ करोड ४९ लाख ७८ हजार रुपैयाँ कायम हुनेछ ।

बोनसपछि नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन यो कम्पनी सफल हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १८ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.