काठमाडौं । काठमाडौंको हनुमानढोका कालभैरव पछाडी खोकनाको सिकाली जात्रा १२ वर्षे नाचको क्रममा नृत्य गर्दै देवगणहरु । खोकनाको सिकालीमा हरेक वर्ष नाचिने देवगण नाच १२ वर्षको अन्तरालमा ललितपुर, काठमाडौँ, कीर्तिपुरलगायतका क्षेत्रमा देखाउने परम्परा अनुसार राजधानीमा नाच प्रदर्शन भएको हो ।
यस जात्रामा गोडामा चप्पल, जुत्ता नलगाई, चोखोनितो रहेर देवगणको पहिरन र मुकुण्डो लगाएर रोग, भोक, विपत्ति नास होस् भन्ने कामना गरी नृत्य गर्ने परम्परा रहेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान