काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । आइतवार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको मूल्य सोमवार पनि प्रतितोला ६०० रुपैयाँले नै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने दोस्रो पनि स्थिर भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको हो । चाँदीको यो मूल्य गत शुक्रवारदेखि नै कायम रहेको छ ।