logo
स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न अर्थमन्त्रीलाई देउवाको सुझाव
स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न अर्थमन्त्रीलाई देउवाको सुझाव
२२ बैशाख २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।

सोमवार बुढानिलकण्ठस्थित देउवा निवास पुगेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेललाई कांग्रेस सभापति देउवाले उक्त सुझाव दिएका हुन् । 

देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न समेत पौडेललाई भनेको अर्थमन्त्रीको सचिवालयले बताएको छ । 

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे देउवासँग परामर्श गरेका थिए । कांग्रेस सत्ताको प्रमुख घटक दल हो । त्यसैले अर्थमन्त्रीले देउवासँग बजेटबारे परामर्श गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.