काठमाडौं। कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । यो चकलेट नेपालकै पहिलो ‘स्क्वायर मोल्डेड’ चकलेट भएको कम्पनीको दाबी छ । यसबाट विदेशी चकलेटको निर्भरता हटाई अन्तरराष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चकलेटको मज्जा लिन सकिने बताइएको छ । यो चकलेट वर्गाकार आकारमा कोकोआको अनुपम स्वाद र मिठासले भरीपूर्ण रहेको कम्पनीको भनाइ छ । यो रू. १० को अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा उपलब्ध रहेको बताइएको छ । यसको अनुपम स्वाद र मिठासले उपभोक्ताको मन जित्न सफल रहने कम्पनीको अपेक्षा छ ।
सम्पर्क ठेगाना
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल