अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षमा ५ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । सो कुरा कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्ध सेवाका लागि कम्पनी र नागरिक लगानी कोषबीच भएको मंगलवार भएको सम्झौता कार्यक्रममा जानकारी दिइएको हो । सोमध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, दोलखावासी तथा कम्पनी, विद्युत् प्राधिकरण तथा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीका लागि ३ अर्ब ६० करोड ६ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गरिनेछ ।
दोस्रो चरणमा सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको शेयर निष्कासन गरिने पनि कार्यक्रममा बताइयो । कार्यक्रममा आयोजना सञ्चालक समितिका सदस्य एवम् नागरिक लगानी कोषका कार्यकारी निर्देशक ऋषिराम गौतमले चालू आर्थिक वर्षमा सञ्चयकोषका सञ्चयकर्ता र ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीका लागि छुट्याइएको शेयर निष्कासन गरिनेछ । त्यस्तै अर्को आवमा दोलखावासी र निर्माण सकिनुअघि सर्वसाधारणका लागि शेयर निष्कासन गरिनेछ ।
वर्ष ८, अंक १४०, बुधवार, २४ माघ, २०६९