काठमाडौं । होटल तथा पर्यटन क्षेत्रमा पर्ने तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३३ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ३३ करोड ३२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १ दशमलव २८ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीले सञ्चालनबाट गत वर्षभन्दा ७ दशमलव २५ प्रतिशत बढी आम्दानी गरेको छ ।
गत वर्ष १ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेकोमा यस वर्ष १ अर्ब ८ करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम भने १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी छ । कुल सम्पत्ति ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रहँदा कुल दायित्व भने १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म १७ रुपैयाँ २० पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५२ रुपैयाँ ५९ पैसा छ ।