काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२ दशलमव १२ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ३५ करोड ८२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू.३१ करोड ४७ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दनी घटेकाले नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी रू. ६२ करोड ३ लाख रहेकोमा चालू आवमा घटेर रू.५९ करोड ६४ लाखमा सिमित भएको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६० पैसा रहेकोमा चालू आवमा घटेर ९ रुपैयाँ २६ पैसा कायम भएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१६५ दशलमव २७ रहेको छ ।
चुक्ता पूँजी रू. ३ अर्ब ३९ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा रू.१ अर्ब ७ करोड र अन्य रिर्जभमा रू.१ अर्ब १४ करोड सञ्चिती गरेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस