काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार पछिल्लो आठ महीनाको समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब २२ करोड पुगेको छ । बैंकका अनुसार अघिल्लो वर्षकोसोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।