काठमाडौं । पछिल्लो साता धितोपत्र दोस्रो बजार सकारात्मक बनेको छ । गत साताको अन्तिम कारोबार दिनभन्दा यो साता नेप्से परिसूचक १ दशमलव ४४ प्रतिशत बढेको देखिन्छ ।
नेप्सेका अनुसार गत साताको अन्तिम कारोबार दिन २ हजार ६२३ दशमलव ८३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६६१ दशमलव ६४ विन्दुमा बन्द भएको हो ।
अंकका हिसाबमा यो साता ३७ दशमलव ८१ अंकमाथि बजार बन्द भएको हो । बजार बढेसँगै कुल बजार पूँजीकरण पनि १ दशमलव ४८ प्रतिशत बढेको छ ।
गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब २७ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ कायम भएको हो ।
यो साता नेप्सेसँगै ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५६ प्रतिशत बढेर ४४८ दशमलव ८९ विन्दुमा पुगेको छ । कारोबार रकम ३० दशमलव १० प्रतिशत बढ्दा कारोबार कित्ता करीब २५ प्रतिशत बढेको छ ।
औसतमा कारोबार रकम ४ प्रतिशत बढेको छ भने कारोबार कित्ता शून्य दशमलव १२ प्रतिशत घटेको छ । केही समय अन्योल बनेका लगानीकर्ता निरन्तर बजार घटेसँगै केही उत्साहित बनेर खरीदमा सक्रिय हुन थालेको जानकारी ब्रोकरहरूले दिएका छन् ।
अझै पनि बजारप्रति पूर्णरूपमा लगानीकर्ता विश्वस्त हुन भने नसकेको अवस्थालाई ब्रोकरहरूले औंल्याएका छन् ।
यो साता ४७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको ११ करोड ८९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता ३६ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको ९ करोड ५२ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
औसत कारोबार रकम गत साता ९ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रहेकोमा यो साता ९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी भएको छ । औसत कारोबार कित्ता भने गत साता ९१ लाख ८४ हजारभन्दा बढी भएकोमा यो साता ९५ लाख ५९ हजारभन्दा बढी भएको छ ।
सातागत परिसूचकको तुलना
विवरण | गत साता | अघिल्लो साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,661.64 | 2,623.83 | 37.81 | 1.44 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 448.89 | 442 | 6.89 | 1.56 |
कारोबार रकम (रू. हजारमा) | 47,795,870.06 | 36,738,164.00 | 11,057,706.06 | 30.1 |
कारोबार कित्ता | 118,930,567.00 | 95,260,701.00 | 23,669,866.00 | 24.85 |
औसत कारोबार रकम (रू. हजारमा) | 9,559,174.01 | 9,184,541.00 | 374,633.01 | 4.08 |
औसत कारोबार कित्ता | 23,786,113.40 | 23,815,175.25 | -29,061.85 | -0.12 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,427,537.34 | 4,362,857.85 | 64,679.49 | 1.48 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
वित्त समूहको परिसूचक सर्वाधिक ६.१३ प्रतिशत बढ्यो
यो साता बढेको बजारमा वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । यो साता वित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव १३ प्रतिशत बढेको हो ।
त्यस्तै जलविद्युतको ३ दशमलव ७४ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ३८ प्रतिशत, जीवन बीमाको २ दशमलव १९ प्रतिशत, लघुवित्तको १ दशमलव ६५ प्रतिशत, बैंकिङको १ दशमलव ४८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ३८ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव १९ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३१ प्रतिशत परिसूचक बढेको छ ।
यो साता अन्य समूहको परिसूचक सर्वाधिक १ दशमलव २६ प्रतिशत घटेको छ भने व्यापारिकको १ दशमलव शून्य ५ प्रतिशत र लगानीको शून्य दशमलव ६४ प्रतिशत परिसूचक घटेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
वित्त | 2,544.77 | 2,397.79 | 6.13 |
जलविद्युत् | 3,637.92 | 3,506.91 | 3.74 |
निर्जीवन बीमा | 12,645.13 | 12,231.62 | 3.38 |
जीवन बीमा | 13,310.43 | 13,025.60 | 2.19 |
लघुवित्त | 4,705.99 | 4,629.80 | 1.65 |
बैंकिङ्ग | 1,323.55 | 1,304.21 | 1.48 |
उत्पादन तथा प्रशोधन | 7,217.10 | 7,118.55 | 1.38 |
होटल तथा पर्यटन | 6,422.87 | 6,347.11 | 1.19 |
विकास बैंक | 5,316.65 | 5,285.23 | 0.59 |
म्युचुअल फण्ड | 19.65 | 19.59 | 0.31 |
लगानी | 113.66 | 114.39 | -0.64 |
व्यापारिक | 4,483.70 | 4,531.25 | -1.05 |
अन्य | 2,282.99 | 2,312.20 | -1.26 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)