काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैशाख २६ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको ४ करोड ८२ लाख ७७ हजार ६७७ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।
कम्पनीले ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार रुपैयाँ कायम हुनेछ । यस कम्पनीलाई ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ । कम्पनीले गत वर्षको वार्षिक साधारण सभा गर्न बाँकी छ । सम्भवत: गत वर्षको मुनाफाबाट बोनस शेयरमार्फत कम्पनीले तोकेबमोजिम चुक्तापूँजी कायम गर्नेछ ।