काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले चैत महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा र न्याभ फागुन मसान्तको तुलनामा चैत मसान्तमा घटेको छ ।
फागुन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३५ पैसा रहेकोमा चैत मसान्तमा घटेर १० रुपैयाँ १४ पैसा कायम भएको छ । त्यस्तै फण्डले फागुन मसान्तमा रू. ३ करोड २६ लाख नाफा कमाएकोमा चैत मसान्तमा घटेर रू. १ करोड १८ लाखमा सिमित भएको छ ।
चैत महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । फागुन मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ४९ लाख रहेकोमा चैत मसान्तमा घटेर रू. २ करोड ५७ लाखमा सिमित भएको छ ।
यस फण्डले सूचीकृत शेयरमा लगानी केही घटेको छ । फागुन मसान्तमा सूचीकृत शेयरमा रू. ७२ करोड ८१ लाख लगानी गरेकोमा चैत मसान्तमा रू. ७० करोड ९१ लाखमा सिमित भएको हो ।