काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ ब्यवस्थित लगानी योजनाले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ४९ करोड ३९ लाख लगानी गरेकोमा चैत मसान्तमा बढाएर रू. ५० करोड ५६ लाख पुर्याएको हो ।
फण्डको नाफा भने फागुन मसान्तको तुलनामा चैत मसान्तमा घटेको छ । फागुन मसान्तसम्ममा फण्डले रू. २ करोड २९ लाख नाफा कमाएकोमा चैत मसान्तमा घटेर रू. ३७ लाख ३८ हजारमा सिमित भएको हो ।
चैत महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा घटेको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ६९ लाख २२ हजार रहेकोमा चैत मसान्तमा बढेर रू. ७७ लाख ५६ हजार पुगेको छ । त्यस्तै फण्डको जम्मा आम्दानी फागुन मसान्तमा रू.२ करोड ९९ लाख रहेकोमा चैत मसान्तमा घटेर रू. १ करोड १४ लाखमा झरेको हो ।
फण्डको न्याभ पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २९ पैसा रहेकोमा चैत मसान्तमा घटेर ९ रुपैयाँ ३ पैसामा सिमित भएको छ ।