काठमाडौं । अघिल्लो कारोबार दिन शुक्रवार स्थिर रहेको सुनको मूल्य आइतवार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतवार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ कायम थियो ।
आइतवार सुनको मूल्य बढेपछि चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार शुक्रवार प्रतितोला १ हजार ९३० रुपैयाँ कायम रहेको चाँदीको मूल्य आइतवार १ हजार ९१० रुपैयाँमा झरेको हो । आइतवार १० ग्राम चाँदीको मूल्य १ हजार ६३७ रुपैयाँ ५० पैसा तोकिएको छ भने प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ५७ हजार ८३५ रुपैयाँ तोकिएको महासंघले प्रष्ट पारेको छ ।