काठमाडौं । नेपाली बजारमा बुधवार पनि सुनको मूल्य बढेको छ । मंगलवार १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ ।
बुधवार चाँदीको मूल्य प्रतितोला १ हजार ९६५ रुपैयाँ कायम भएको भनाई महासंघको रहेको छ । मंगलवार चाँदी बुधवार कायम भएकै मूल्यमा कारोबार भएको थियो । ा कारोबार भइरहेको छ । बुधवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार २६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६८४ रुपैयाँ ५० पैसा कायम भएको महासंघले प्रष्ट पारेको छ ।