काठमाडौं । सुनको भाउ एकैदिन तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार (आज) सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको हो । सोमवार भने सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।