काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधवार प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीवार प्रतितोला ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।
यो दिन चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भैरहेको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ ।