काठमाडौं । तीन वर्षसम्म लकइनमा रहेको रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लइकन अवधि जेठ ८ गतेपछि सकिदैंछ । कम्पनीको संस्थापक तर्फको ३५ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीयतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५४ हजार ६०० कित्ता शेयरको लइकन जेठ ८ गतेपछि सकिने लागेको हो ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा ३८ (१) को नियम बमोजिम सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि तीन वर्ष अवधिसम्म उल्लेखित शिर्षका शेयर लकइनमा रहेका हुन ।
कम्पनीले सर्वसाधारणमा २०७९ साल जेठ ९ गते आईपीओ बाँडफाँट गरेको थियो । आगामी आइतवारदेखि कारोबारयोग्य हुने यी शेयरमध्ये सञ्चालक सदस्यमा रहने तथा कम्पनीको उच्च तहमा पदवहालीका कर्मचारीहरुको हकमा भने पदबाट हटेपश्चात् एक वर्ष अवधिसम्म कारोबार गर्न पाउनेछैनन् ।