काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० वैशाख मसान्तसम्म २१ करोड ६८ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ ।
चैत मसान्तसम्म १९ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको योजनाले पछिल्लो महीना नाफा बढाएको हो । चैत मसान्तसम्म २१ करोड ३१ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी रहेको कम्पनीको वैशाख मसान्तसम्म भने २३ करोड ५६ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी भएको हो ।
खर्च पनि पछिल्लो महीना बढेको छ । चैत मसान्तसम्म १ करोड ६८ लाख रुपैयाँभन्दा बढी खर्च भएकोमा वैशाख मसान्तसम्म भने १ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्च भएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८० भदौ २६ गतेदेखि सञ्चालनमा रहेको छ । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी भएको हो । वैशाख मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ६६ पैसा छ ।
चैतको तुलनामा यो मूल्य बढेको हो । चैतमा योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ४६ पैसा रहेको थियो ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित योजनाले वैशाख मसान्तसम्म धितोपत्र दलाल कमिसन समेत धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परल मूल्य ९९ करोड ७४ लाख रुपैयाँभनदा बढी रहेको छ ।
उल्लेखित लगानीको बजार मूल्य भने १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी छ । योजनाले बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको उल्लेख छ ।