logo
आजसम्म कायम शेयरधनीले घलेम्दी हाइड्रोको २०० % हकप्रद शेयरमा आवेदन दिन पाउने
आजसम्म कायम शेयरधनीले घलेम्दी हाइड्रोको २०० % हकप्रद शेयरमा आवेदन दिन पाउने
२ कार्तिक २०८०

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद शेयर भर्नका लागि योग्य हुने आज अन्तिम रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि भोलि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा आजसम्म कायम शेयरधनीहरू मात्रै यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् । 

नेपाल धितोपत्र बोर्डले केही समयअघि कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो । अब यो कम्पनीले १ः२ अनुपातमा अर्थात् चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरूलाई विक्री गर्नेछ । 

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.